भारतीय दूतावासद्वारा सरकारलाई १५ वटा विद्युतीय सवारीसाधन उपहार

भारतीय दूतावासद्वारा सरकारलाई १५ वटा विद्युतीय सवारीसाधन उपहार

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलाई १५ वटा विद्युतीय सवारी साधन उपहार दिएको छ ।

मे १६ देखि १८ सम्म नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमका लागि सहुलियत होस् भनेर गाडी हस्तान्तरण गरिएको दूतावासले उल्लेख गरेको छ । उक्त सवारी नेपालका लागि भारतीय दूतावास नविन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणालाई हस्तान्तरण गरेका हुन् ।

Logo