काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रोमाञ्चक जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिडलाई ४-३ गोलले पराजित गरेको हो ।
खेलको सुरुमै रियल म्याड्रिडका स्टार खेलाडी किलियन एम्बाप्पेले ५औं र १४औं मिनेटमा दुई गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर बार्सिलोनाले हार मानेन। १९औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए। त्यसपछि ३२औं मिनेटमा युवा खेलाडी लामिन यामलले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफको अन्त्यतिर राफिन्हाले लगातार दुई गोल गर्दै बार्सिलोनालाई ४(२ को अग्रता दिलाए।
दोस्रो हाफको ७०औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे पनि त्यो रियललाई जितका लागि पर्याप्त भएन। बार्सिलोनाले बाँकी समयमा आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हासिल गर्यो।
यो जितसँगै बार्सिलोना ला लिगाको अंक तालिकामा रियल म्याड्रिडभन्दा ७ अंकले अगाडि रहेको छ र लिग उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।





























प्रतिक्रिया