प्रहरीले चिनी मिल सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उखु किसानको ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तान नगरेको आरोपमा पक्राउ गरेको हो।
किसान, आपुर्ति मन्त्रालय र कृषि मन्त्रालयबाट गृहमन्त्रालयमा मंगलबार निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो। इन्दिरा सुगर एण्ड एग्रो प्रालि र अन्नपूर्ण सुगर मिल्स प्रालिका संचालक अग्रवाल दुवै मिल तर्फबाट क्रमश ८ करोड ५८ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ र ३८ करोड ६८ लाख रुपैयाँ गरी ४७ करोड २६ लाख ९९ हजार ४ सय ७५ रुपैयाँ भुक्तान गर्न बाँकी रहेको छ।





























प्रतिक्रिया