चर्चित हाँस्य कलाकार निर्मल शर्माले अहिले भईरहेको मि टु अभियानको बारेमा खुलेर कुरा गरेका छन् । कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिसिरियल तितो सत्यका परिचित कलाकार शर्माले नेपाली चलचित्रका विविध पक्षबारे खुलेर कुरा गरेका छन् ।
नेपाली चलचित्रहरुले पछिल्ला दिनहरुमा गुणस्तर खस्काएको तर्फ उनको चिन्ता थियो । चलचित्र भित्र आएका विकृति र विसंगतिलाई रोक्न सेन्सरबोर्डले पनि सक्रियता नदेखाएको र अनुगमन पनि फितलो भएका कारण नेपाली चलचित्र व्ल्यु फिल्म जस्तै हुन पुगेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । नेपाली कलाक्षेत्रमा २२ वर्ष बिताएका शर्माले चलचित्र क्षेत्रलाई माथी उकास्न कलाकार, निर्माता, निर्देशक लगायत राज्यले पनि उल्लेख्य भूमिका खेल्नु पर्ने बताए । कमि कमजोरी हरेक व्यक्तिका हुन्छन् , तर ती कमजोरीलाई नियन्त्रण गरि अघि बढ्न सके मात्र सफल बन्न सकिन्छ भन्ने उनको अनुभव छ । केन्द्रविन्दुसँगको कुराकानीमा के भने त शर्माले हेरौं उनकै शब्दमा :































प्रतिक्रिया