प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । "/>

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘भ्रामक प्रचार नगरौ, म छिट्टै फर्कन्छु’

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘भ्रामक प्रचार नगरौ, म छिट्टै फर्कन्छु’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशनगर्दै सो प्रतिवद्धता व्यक्र गरेका हुन् ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”
प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुन सक्ने संक्रमणको रोकथामका लागि आफू त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमाउपचार गराइ रहेको उल्लेख गरेका छन् ।

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ ।  ओलीले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग,कर्मचारी लगायत स्वदेश तथाविदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्ने हरुलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गर्दै गरेका छन् ।

Logo