‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’ -गृहमन्त्री लेखक

‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन’ -गृहमन्त्री लेखक

केन्द्रबिन्दु
21
Shares

विराटनगर । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् ।

विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा गृहमन्त्री लेखकले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् । उनले संचारकर्मीसँग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको संचिति बढेको छ । दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन । यो राष्ट्र बैंकको तथ्यांक हो मैंले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिले कति विद्येयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानून बने भनेर हेर्दा पनि प्रष्ट हुन्छ ।’

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए ।

नीतिगत भ्रष्टाचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अडकिएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लेखकले भने,‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्‍याउँछाैं । भ्रष्टचारलाई निर्मूल पार्ने बिषयमा अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारवाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ ।’

‘फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुदैन । यो गठनबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ,’ उनले भने ।

‘यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधन्दा संचालनमा सहज होस भनेर नयाँ कानून आएका छन । भूमि सुधारका लागि कानून र आयोगहरु बनेका छन् । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन होला तर निरासा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरि काम गरेको छ,’ उनले भने ।

Skip This
Skip This
Logo