रुपन्देही, कपिलवस्तु र काठमाडौंमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० जना घाइते भएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ बैठौलीमा लु १३ प ४११८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सैनामैना नगरपालिका–११ राजापानीका ४८ वर्षीय डिलानाथ थारुको ज्यान गएको छ । यस्तै कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ मा लु २ ख १४७७ नम्बरको टिपर र ना ६ ख २५०० नम्बरको बस एकआपसमा ठोक्किँदा घाइते भएका ३२ जनामध्ये ३ जनाको सिएनसी अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको चौराहा अस्पताल बुटवल, ४ जनाको सामुदायिक अस्पताल कपिलवस्तु, ४ जनाको युनाईटेड अस्पताल कपिलवस्तु, ५ जनाको सिएनसी अस्पताल कपिलवस्तु र ५ जनाको बुद्ध पोलिक्लिनिक गोरुसिंङेमा उपचार भइरहेको छ ।
त्यस्तै काठमाडौं माहनगरपालिका–३ बसुन्धरामा बा ६८ प ७४७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किँदा नुवाकोट बालकुमारी घर भएका २५ वर्षीय नवराज रिजालको मृत्यु भएको छ । काठमाडौंकै लाजिम्पाटमा बा २ ख २०६८ नम्बरको माईक्रोबस र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय प्रकाश तामाङको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं ठमेल गल्कुपाखा बस्ने २३ वर्षीया सजु थापाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया