काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले गौतम बुद्ध क्रिकेट रंगशालाको काम गाह्रो छ भन्दा भन्दै पनि सुरु गरेको बताएका छन् ।
मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको उद्घाटन गर्दै उनले रंगशाला सुरु गर्दा गाह्रो छ बाबुनानी नथाल भन्दाभन्दै धुर्मुस-सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाएको बताएका हुन् ।
उनले भने, ‘मैले गाह्रो छ बाबुनानी त्यहाँ नथाल भन्दाभन्दै धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरु गरेर धेरै दुःख पाए । माया लाग्छ । तर त्यो क्रिकेट मैदान पनि बन्छ । उनीहरुको दुःखकष्ट पनि हट्छ एकदिन । मैले त यही दुःख पाइन्छ भनेर नगर भनेको हो । यति ठूलो काम आँट्या एक दुईवटा केही साना कामहरुमा साथी भाईहरु धेरै नै हौसिन्छन् । हामी छौं भन्छन् । चन्दा उठाएर नै बनाइन्छ भन्छन् तर सहयोग नगर्न सक्छन् ।’































प्रतिक्रिया