काठमाडौंको लैनचौरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बा २ ख २०६८ नम्बरको माइक्रो र बा ६४ प ९२८४ नम्बरको मोटरसाइकल आपासमा ठोक्किँदा मोटरसाइकल चालक नुवाकोट बस्ने ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो। गम्भीर घाइते उनको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले बताएको छ। पछाडि सवार सोह्रखुट्टै बस्ने सरज थापा घाइते भएको छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र माइक्रो चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत दरबारमार्गले जनाएको छ।





























प्रतिक्रिया