विद्यार्थीहरूमाथि जातीय विभेद गर्ने उपप्राध्यापक पदमुक्त

विद्यार्थीहरूमाथि जातीय विभेद गर्ने उपप्राध्यापक पदमुक्त

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्मा विद्यार्थीहरूमाथि जातीय विभेद गरेको आरोपमा पदमुक्त भएका छन् ।

गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन परियारलाई जातीय विभेदजनक भाषा प्रयोग गरेर गालीगलौच गरेको खबर बाहिरिएपछि क्याम्पसले उनलाई जिम्मेवारीबाट हटाएको हो ।

क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले जारी गरेको पत्रमा भनिएको छ, ‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ४, दफा १९ बमोजिम ०८२ वैशाख २६ गतेको पत्रानुसार यस क्याम्पसअन्तर्गत व्यवस्थापन अनुसन्धान विभागको विभागीय प्रमुख पदमा नियुक्ति गरिएकोमा विशेष परिस्थितिका कारण तपाईँलाई उक्त पदको जिम्मेवारीबाट हटाइएको ब्यहोरा जानकारी गराइन्छ ।’

Skip This
Skip This
Logo