काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्नका लागि भइरहेको केवलकार निर्माणलाई अघि बढाउन दिने फैसला गरेको छ ।
बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई खारेज गर्दै निर्माण कार्य अघि बढाउन आदेश दिएको हो ।
गत चैत ७ गते दायर रिटमा सर्वोच्चले १३ गते हालसम्म भए गरेका काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको थियो ।































प्रतिक्रिया