काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसक्नुमा सरकारको नियतीमा प्रश्न उठाएका छन् ।
बिहीबार बसेको बैठकमा सांसद सिंहले आफ्ना कार्यकर्ताले मात्र नियुक्ति पाउनुपर्छ भन्ने मानसिकताबाट सत्ताधारी दलहरु माथि उठ्न सक्नुपर्ने बताएका हुन् । हाल डेपुटी गभर्नर रहेकी निलम ढुंगानालाई गभर्नर बनाउँदा के जान्छ ? भन्दै उनले प्रश्नसमेत गरे । महिला भएकै आधारमा अपमान गर्न नहुने उनको भनाइ छ ।
साथै गभर्नर सिफारिस समितिमाथि पनि उनले प्रश्न उठाएका छन् । ‘गभर्नर सिफारिस समिति मजाक हो ? हरेक १० दिनमा एक जना नियुक्ति हुने र अर्को १० दिनमा परिवर्तन हुने । सोचेर एउटा मान्छे किन नियुक्ति गरिँदैन ? ’





























प्रतिक्रिया