काठमाडौं । प्रतिनिधि सभा सदस्य अशिम शाहले देशमा बढ्दो लोडसेडिङप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्।
उनले यदि बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने जनताले सरकारको बत्ती निभाइदिने दिन धेरै टाढा नभएको बताएका हुन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले लोडसेडिङका कारण जनताले सरकारलाई अन्धकारमा झलझली याद गरिरहेको बताए । उनले भने, ‘यदि यो बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने, जनताले सरकारको बत्ती निभाइदिने दिन पनि धेरै टाढा छैन।’
सांसद शाहले लोडसेडिङले जनताको दैनिक जीवनमा पारेको असर र सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरे। उनले सरकारले तत्काल यस समस्याको समाधान गर्नुपर्ने माग राखे।































प्रतिक्रिया