अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन । "/>

स्वतः स्थायी नगरे कडा आन्दोलनः अस्थायी कर्मचारी (भिडियोसहित)

स्वतः स्थायी नगरे कडा आन्दोलनः अस्थायी कर्मचारी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्यप्रशासन मन्त्रालयमा धर्ना दिन सुरु गरेका छन ।

स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रीसँग भेट्न नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका हुन ।

३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरुको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले जानकारी दिए । उनले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्यहुने चेतावनी पनि दिएका छन् ।

Logo