च्याम्पियन बार्सिलोना घरमै पराजित

च्याम्पियन बार्सिलोना घरमै पराजित

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोनाले घरमै हार व्यहोरेको छ । गएराति भएको खेलमा भिल्लारियलले बार्सिलोनालाई उसकै मैदानमा ३-२ गोल अन्तरले पराजित गर्दै सनसनी मच्चाएको हो ।

बार्सिलोनालाई उसकै घरेलु मैदानमा हराउनु भिल्लारियलका लागि ठूलो उपलब्धि हो।

खेलको चौथो मिनेटमा नै आयोजे पेरेजले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले पुनरागमन गर्दै ३८औँ मिनेटमा लामिन यामल र पहिलो हाफको इन्जुरी समयमा फर्मिन लोपेजको गोलमार्फत २-१ को अग्रता लियो।

दोस्रो हाफमा भिल्लारियल फेरि खेलमा फर्कियो। ५०औँ मिनेटमा सान्ती कोमेसानाले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ताजोन बुचानानले निर्णायक गोल गर्दै भिल्लारियललाई ३-२ को जित दिलाए।

बार्सिलोनाले घरेलु मैदानमा अप्रत्याशित हार व्यहोरे पनि कुनै क्षति भने भएको छैन । बार्सिलोनाले यसअघि नै लिगको उपाधि जितिसकेको छ । यद्यपी घरेलु समर्थकमाझ हार बेहोर्नु सुखद रहेन। बार्सिलोनाको ३७ खेलमा ८५ अंक रहेको छ ।

Logo