प्रधानमन्त्री ओलीले सिंहदरबार बैठकमा बालेनलाई खोजेपछि…

प्रधानमन्त्री ओलीले सिंहदरबार बैठकमा बालेनलाई खोजेपछि…

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । सोमबार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रम सम्बन्धी प्रस्तावहरु छलफलसहित पारित भएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु, सदस्य र गृह मन्त्रालयका सचिव, सदस्यसचिव रहने छन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ ।

तर, यति नै बेला प्रधानमन्त्री ओलीले काठमाडौंका मेयर बालेनको खोजी गरे । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिए ।

‘कहिले नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानका चलन छोड्नुपर्छ कि क्या हो?,’ उनले भने,‘केहीकेही मान्छे सधैँ राख्ने गर्छौँ हामीमले हरेक फन्क्सनमा। कहिले देखा पनि पर्दैनन्, केही गर्दैनन्, त्यस्तो खालको मान्छे खोज्यो पनि भेटिन्छ जस्तो लाग्छ मलाई। कि तपाईँहरू सोध्नुस् आउने हो कि होइन, रूची छ कि छैन।’

Skip This
Skip This
Logo