बालुवाटारको छलफलपछि अर्थमन्त्रीले पहिलोपटक बोलाए गभर्नर सिफारिस समिति बैठक

बालुवाटारको छलफलपछि अर्थमन्त्रीले पहिलोपटक बोलाए गभर्नर सिफारिस समिति बैठक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पहिलोपटक नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आह्वान गरेका छन्।

अर्थमन्त्री पौडेलले आज अपराह्न ४ बजेपछि बस्नेगरी बैठक डाकेका हुन् । सिफारिस समितिमा पौडेलसँगै पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएपछि अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।

राष्ट्र बैंक गभर्नरविहीन भएको डेढ महिना बितिसक्दा पनि गभर्नर नियुक्तिमा सहमति हुन नसक्दा गठबन्धन सरकारमा रहेका दलहरूबीच नै अविश्वास र खिचातानी बढेको आंकलन गरिएको थियो । २४ चैत २०८१ देखि गभर्नरको पद रिक्त छ, र यो अवधिमा डेपुटी गभर्नरले नेतृत्व सम्हाल्दै आएका छन्।

सरकारले चैत १७ मा मात्र अर्थमन्त्री पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सिफारिस समिति गठनपछि एउटा पनि समितिको बैठक नबोलाउँदा केही सदस्यले त राजीनामा नै दिइसकेका थिए । तर नयाँ नियुक्त गरिएको छ ।

Logo