काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक आह्वान गरिएको छ । आजको बैठकले गभर्नर नियुक्ति गर्ने तयारी छ ।
नेपाली कांग्रेसले एक साताअघि योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका विश्व पौडेललाई गभर्नर बनाउन गरेको प्रस्ताव गरिसकेको छ । उनले सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् । नयाँ सिफारिस समिति गठन पनि भइसकेको छ ।
आज मात्रै अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाइसकेका छन्।





























प्रतिक्रिया