नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं -सांसद सुनिता बराल

नेपालको आर्थिक कुटनीतिमा आइटी क्षेत्रलाई केन्द्रमा राखौं -सांसद सुनिता बराल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालको आइटी क्षमतालाई मुलुक बाहिर सक्रिय बनाउन सकिने बताएकी छन् ।

मगंलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सचेतक समेत रहेकी बरालले केही कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर पनि सक्रिय बनाउन सकिन्छ भन्ने सुझाव दिएकाले सो आधारमा आइटीलाई प्राथामिकतामा राख्न जरुरी रहेको बताएकी हुन् ।

उनले नेपालको आर्थिक कुटनीतिकमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नपर्ने जानकारी दिइन् । उनले देशको आर्थिक कुटनीतिमा आइटीलाई केन्द्रमा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले ‘नेपाल विश्वव्यापी डिजिटल परिवर्तनका तर्फबाट आर्थिक वृद्धिको ठूलो अवसर प्राप्त गर्ने तयारीमा छ । नेपालको आर्थिक कुटनीति एवम सूचना क्षेत्रमा आइटी क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ । हाम्रा कुटनीतिक मिसनहरुले नेपालको आइटी क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय बनाउन सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी रहेको छ,’ उनले अगाडि भनिन्,‘डिजिटल अर्थतन्त्रले विश्वभर परम्परागत क्षेत्रलाई उछिनेर अगाडि बढिरहेको छ । अध्ययन अनुसार डिजिटल अर्थतन्त्रले विश्वव्यापी जिडिपीको ४.५ प्रतिशत हिस्सा ओगटेको छ । जुन २.५ प्रतिशतले वृद्धि भइ सकेको छ । विश्वको ध्यान तान्न र प्राथमिकतमा राख्न सफल भएको आइटी क्षेत्रलाई आर्थिक कुटनीतिसँग जोड्न जरुरी छ ।’

Skip This
Skip This
Logo