काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई १८औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको जानकारी गराए । उनले भने,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”
आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको थियो । तर पहिलो नंबरमा परेका पौडेल गभर्नर बनेका हुन् ।
गएको चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन छ । आजै बसेको प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । यो बीचमा गभर्नरमा धेरैको नाम आयो तर सहमति जुटेको थिएन ।































प्रतिक्रिया