म्यानचेस्टर सिटीले बर्नमाउथलाई हरायो

म्यानचेस्टर सिटीले बर्नमाउथलाई हरायो

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

ओमर मार्मोसले १४औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसैगरी बर्नार्डो सिल्भाले ३८औं मिनेटमा र निको गोन्जालेजले ८९औं मिनेटमा गोल थपे । यता बर्नमाउथका लागि ड्यानियल जेब्बिसनले इञ्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए।

यस खेलमा म्यान सिटीका माटेओ कोभासिचले ६७औं मिनेटमा र बर्नमाउथका लुईस कुकले ७३औं मिनेटमा रातो कार्ड पाएका थिए।

Logo