काठमाडौं । गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर, शब्द र संगीतमा तयार भजन ‘हे हरि’ सार्वजनिक भएको छ।
भक्तिभावले भरिएको यो भजनमा भक्तले भगवान श्री हरिप्रति आत्मसमर्पण, पश्चात्ताप र आध्यात्मिक जागरणको भाव व्यक्त गरेका छन्। भजनको भिडियोमा बबिना भट्टराई आफैं फिचर्ड छिन् । काठमाडौंको गोकर्ण क्षेत्रमा छायांकन गरिएको भिडियोको निर्देशन ए.जे. अजुले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ अनिल विष्ट प्युठानीले गरेका हुन्।
भजनकाे अंश-
न शास्त्र पढियो, न ध्यान गरियो, न हरिको नाम जपियो… भजनमा जीवनको उत्तरार्धमा पश्चात्ताप व्यक्त गरिएको छ किनकि भक्तले आध्यात्मिक अभ्यासको अवहेलना गरेको छ । न तीर्थ यात्रा गरियो, न दान गरियो, न गुरुलाई सम्मान गरियो । यहाँ भक्तको आत्म–स्वीकारोक्तिको भाव देखिन्छ– जीवन भुलभुलैयमा मैै वित्यो, आध्यात्मिक मूल्यहरूलाई भने बेवास्ता गरियो ।
मोह मायाको यो भावसागर तरौ म अव के गरि
देह रै छ डढि जाने उड्दो रै छ मन चरि…
अब चाहि भक्तलाई डर लागेको छ, यो मोह–मायाको संसार (भवसागर) कसरी तरु ? कसरी पार गरूँ ? जीवनको अन्त्यमा आएर भक्तले प्रश्न गरिरहेको छ — अब केहि उपाय बाँकी छ र ? यो शरीर त नष्ट हुने हो, मन त चरा झैँ उड्छ, जीवनको नश्वरता र मनको चञ्चलता भजनका यी हरफमा महशुष गरिन्छ ।
जलमा तिमी थलमा तिमी, कण कणमा तिमी सरोवरी
गगनमा तिमी पवनमा तिमी, सर्वत्र तिमी अन्तरयामी…
भजन बबिनाको आध्यात्मिक युट्युब च्यानल ‘श्री भजन्स्’ मार्फत सार्वजनिक गरिएको हो। उनले दर्शक–श्रोताहरुलाई भजन हेरी च्यानल सब्स्क्राइब, लाइक र शेयर गरी सहयोग गर्न आग्रह गरेकी छिन्।
यसअघि पनि बबिनाले भगवान श्रीकृष्ण, राम र महादेवसम्बन्धी भजनहरू प्रस्तुत गरिसकेकी छिन्।































प्रतिक्रिया