इनरुवा

तिहार नजिकिंदै गर्दा सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । "/>

२१ बोरा पटका, झिरझिरे र आतीसबाजी बरामद बरामद

२१ बोरा पटका, झिरझिरे र आतीसबाजी बरामद बरामद

केन्द्रबिन्दु
0
Shares

इनरुवा

तिहार नजिकिंदै गर्दा सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ । धरानबाट १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजी लगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।

त्यसैगरीे इनरुवा–३ बाट एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरी नायव उपरीक्षक फुँयालले जानकारी दिनुभयो । इनरुवाबाट १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिमाण बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
रासस

Logo