काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधिशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । तर, नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले सुनवाइ स्थगित गरिएको हो ।
६ पटकसम्म ‘हेर्न नमिल्ने’मा परेपछि मंगलबार सुनुवाइ भएको थियो । सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालत बुटवलले थुनामा पठाएपछि रवि लामिछाने त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च पुगेका थिए । उक्त निवेदनमा सुनुवाइ हुन समय लाग्ने भएकाले वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण रिट पनि दायर गरेकी थिइन् ।
लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि रवि हाल रुपन्देही कारागारमा छन्। उच्चको आदेश बेरितको ठहरिएमा इजलासले यसलाई उल्टाएर जिल्लाको आदेश सदर गर्न सक्नेछ । यदी त्यसो भयो भने रवि धरौटीमा छुट्नेछन् । यदि उच्चकै सदर भएमा भने लामिछाने थुनामै रहनुपर्छ ।





























प्रतिक्रिया