सरकारले काठमाडौंमा रहेका चार वटा मिनरल वाटर उद्योगमा शीलबन्दी गरेको छ । बिहिबार अनुगमनको क्रममा मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंको विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शीलबन्दी गरेको हो ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरित संचालनमा रहेका चार वटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।





























प्रतिक्रिया