काठमाडौँ

यातायात व्यवस्था विभागले सवारी साधनको दर्ताको नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ । "/>

नयाँ प्रणाली अनुसार बागमतीको मोटरसाइकल दर्ता सूचारू हुँदै : यस्तो हुनेछ नम्बर प्लेट

नयाँ प्रणाली अनुसार बागमतीको मोटरसाइकल दर्ता सूचारू हुँदै : यस्तो हुनेछ नम्बर प्लेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यातायात व्यवस्था विभागले सवारी साधनको दर्ताको नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको छ । विभागले गरेको व्यवस्था अनुसार अव सवारी दर्ता प्रदेशस्तरमा हुने र सोही अनुरुप नयाँ नम्बर दिइने भएको छ ।

विभागले विहिबार नेपाल राजपत्रमा सूचना प्रकासित गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । बागमति अञ्चलमा पुरानो प्रणाली अनुसार मोटरसाईकल दर्ता गर्न नसक्ने अवस्था आएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

यस्तो हुनेछ नम्बर प्लेट

नयाँ व्यवस्था अनुसार प्रत्येक सवारीसाधन प्रदेशको नंबरका आधारमा दर्ता हुनेछ । प्रकाशित सूचना अनुसार नयाँ नम्बर प्लेटमा पहिले प्रदेश संकेत स्वरुप प्रदेशको नं. उल्लेख हुनेछ । त्यसपछि उक्त प्रदेशको यातायात कार्यालयको संकेत नंबर राखिनेछ । दोस्रो लाईनमा ३ अंक सम्मको लट नंबर रहनेछ । त्यसपछि सवारी साधनको समूह सूचक अक्षर राखिनेछ र सोही लाईनमा सवारी साधनको नम्बर उल्लेख हुनेछ । सवारी साधनको पछाडि राखिने नंबर प्लेटमा भने सवारी साधनको नम्बर तेस्रो लाईनमा छुट्टै राख्नु पर्नेछ ।

यस अघि अञ्चलस्तरमा राखिएको दर्ता प्रणालीलाई अहिले प्रदेशस्तरमा राखिएको छ । त्यस्तै यस अघि दुर्इ अंकको लट राख्ने गरिएकामा तीन अंक सम्म लट नम्बर राख्ने व्यवस्था गरिएको छ । सवारी साधनको नंबर भने यथावत ४ अंकसम्मकै हुनेछ ।
नागरिकबाट

Logo