काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) साताका अन्तिम दिन बिहिबार ओरालो लागेको छ । नेप्से परिसूचक ८.८२ अंकले घटेर १२४१.११ बिन्दुमा पुगेको हो । नेप्से घट्दा २७ करोड ७१ लाखको कारोबार भएको छ । आज १ सय ५६ कम्पनीका ९ लाख ४८ हजार ५९३ कित्ता शेयर किनबेच भएका छन् ।
आज बैंकिङ समूह ९.४३, होटल समूह ३६.९४, विकास बैंक समूह ३.६२, जलविद्युत समूह ११.०६, फाईनान्स समूह २.२३, निर्जिवन समूह ४०.२४, अन्य समूह ९.२७, माईत्रोफाइनान्स समूह ६.४५ र जीवन बिमा समूह १२.३९ अंकले घटेको छ ।
उत्पादन मुलक समूह भने ४९.५६ अंकले बढेकोे छ । आज सबैभन्दा धेरै प्रभु बैंक कम्पनीले ३ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच गरेको छ । च्याङ्दी हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ६.२५ प्रतिशत फाईदा कमाएका छन् भने बरुण हाईड्रोपावर कम्पनीले ६.४ प्रतिशतले गुमाएका छन् ।





























प्रतिक्रिया