सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा, गृहमन्त्री लेखक पनि पुगे

सत्तारुढ दलका शीर्ष नेता बालुवाटारमा, गृहमन्त्री लेखक पनि पुगे

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जुटेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको विषय चौतर्फी चर्चा भइरहेका बेला दुई दलको यो बैठक बसेको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।

Logo