राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले प्रशिक्षण सुरु गर्नेछ । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।

नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेको हो । कोरोना भाइरसको महामारीका कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।

लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो । क्यानले बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परीक्षण समेत गरेको थियो । क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु :
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, करण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललित नारायण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की । प्रशिक्षक : जगत बहादुर टमटा

Skip This
Skip This
Logo