काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले आगामी शनिबार गर्न लागेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ। पार्टी एकतापछि पहिलो पटक दसैं, तिहार, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैंचामा हुने भएको छ। "/>

नेकपाको चियापान कार्यक्रमको तयारी पुरा, ५० हजारलाई निम्तो

नेकपाको चियापान कार्यक्रमको तयारी पुरा, ५० हजारलाई निम्तो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले आगामी शनिबार गर्न लागेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ। पार्टी एकतापछि पहिलो पटक दसैं, तिहार, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैंचामा हुने भएको छ।

यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्दै आएका थिए। गत वर्ष संघ र प्रदेशको निर्वाचनको कारणले चियापानको आयोजना गरिएको थिएन। चियापानको तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरेका छन्।

चियापानका लागि नेकपाले करिब ५० हजारलाई निम्ता गरिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ। केन्द्रीय सदस्य श्रेष्ठले दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण र दिउँसो ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको बताए।

दिउँसो ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी सहभागी हुने छन्। चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयम्सेवक परिचालन गरिने छ। रासस

Skip This
Skip This
Logo