कांग्रेस पदाधिकारी बैठक बस्दै, भिजिट भिसा प्रकरणदेखि क्रियाशील सदस्यतासम्मका एजेन्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै, भिजिट भिसा प्रकरणदेखि क्रियाशील सदस्यतासम्मका एजेन्डा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सोमवार बिहान ९ बजे बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ।

आजको बैठकमा समसमायिक राजनीतिकलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको विषयमा छलफल हुने बताइएको छ । अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि हाल उनको पार्टीभित्रै राजीनामाको माग उठेको छ ।

साथै पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुनेछ । क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ ।

Skip This
Skip This
Logo