एजेन्सी । बलिउड अभिनेत्री सोनाली बेन्द्रे लामो समय देखि क्यान्सरबाट पिडित छिन् । यति बेला उनी अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छिन् । "/>

सोनाली बेन्द्रे देखिइन नयाँ हेयरस्टाइलमा

सोनाली बेन्द्रे देखिइन नयाँ हेयरस्टाइलमा

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री सोनाली बेन्द्रे लामो समय देखि क्यान्सरबाट पिडित छिन् । यति बेला उनी अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी छिन् । ४ जुलाई २०१८ मा उनले आफूलाई क्यान्सर भएको खुलासा गरेकी थिइन् । क्यान्सरको उपचारका क्रममा केहि महिना अघि उनले आफ्नो कपाल समेत मुडुल्याएकी थिइन् । उनको ति तस्विर सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको थियो ।

कुनै न कुनै कारणले उनी सधैं चर्चामा आउने गर्छिन् । हालै उनी नयाँ हेयरस्टाइलमा देखिएकी छिन् । उनले आफ्ना केहि तस्विरहरु सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । यस तस्विरमा सोनाली निकै खुसी देखिएकी छिन् ।

सामाजिक सञ्जालमा सार्वजनिक पोस्टमा उनले लेखेकी छन्, ‘कहिले कहि कठिन समयमा हाम्रो यस्तो व्यक्तिसँग भेट हुन्छ जो निकै प्यारा हुन्छन् । जो छोटो समयमै हाम्रो मन मुटुमा बस्छन् । त्यहि मध्ये एक हुन बुकीहेयर जो उत्कृष्ट हेयरस्टाइलिस र विगमेकर समेत हुन् । लामो होस या छोटो कपाल उनी जस्तो कपाललाई पनि नयाँ नयाँ स्टाइलमा बदल्न सक्छिन् । धन्यवाद बुकी म भन्न सक्दिन कि म कति खुसी छु भनेर । तिमी साँचै एक सुन्दर परी हौं । #सुइचअनटुदसनसाइन

सोनाली आफ्नो लुक्स बेला बखतमा परिर्वतन गर्न रुचाउँछिन् । यस तस्विरमा उनी छोटो कपालमा देखिएकी छिन् । उनले यो मेकओभरको लागि आफ्नो हेयरस्टाइलिसलाई धन्यवाद दिएकी छिन् ।

Skip This
Skip This
Logo