‘बोेलेको पूरा गरेनन् भने नेता र ज्योतिषि उस्तै’ -पूर्वमुख्यमन्त्री कार्की

‘बोेलेको पूरा गरेनन् भने नेता र ज्योतिषि उस्तै’ -पूर्वमुख्यमन्त्री कार्की

केन्द्रबिन्दु
15
Shares

इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूले बोलेको कुरा पूरा गर्न सक्ने नेतृत्वलाई मात्र जनताले विश्वास गर्ने बताएका छन् ।

सोमबार विश्व ज्योतिष महासंघले इटहरीमा आयोजना गरेको सम्मेलनमा बोल्दै कार्कीले नेताहरुले बोले जसरी काम नगरेको भन्दै आलोचना खेप्नु परिरहेको बताएका हुन् । ‘नेता र ज्योतिषि उस्तै हुन् । ज्योतिषिले पनि बोलेको पूरा नभएमा उसको विश्वास गुम्छ । नेताको पनि उस्तै हो ।’ कार्कीले भने ।

नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीले ज्योतिष विज्ञानलाई नेपालमा अध्यनको क्षेत्र बनाउन सकिने बताउँदै त्यसको नेतृत्व नेपालले लिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । ‘ज्ञानलाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’ उनले थपे, ‘ज्योतिष त्यस्तो विज्ञान हो, जसको विद्धवतालाई कुनै पनि सिमानाले छेक्न सक्दैन ।’

Logo