काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले पदमा बस्नु उपयुक्त नहुने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खनालले भने, ‘सहकारी मुद्धामा रवि लामिछानेलाई ३ महिना हिरासतमा राख्दा सत्तापक्षका सांसदलाई प्रहरीको कार्यकक्षमा बोलाएर चिया खुवाएर पठाइएको छ । अब हामीले कसरी विश्वस्त हुने गृहमन्त्रीले निष्पक्ष छानविन गर्नुहुन्छ भनेर ?’
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा यतिबेला कारागारमा छन्। गृहमन्त्री भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले उनको राजीनामा माग्दै आएको छ। लेखकसँग रास्वपा किन पनि रुष्ट छ भने करिब १४ महिनाअघि तत्कालीन प्रमुख प्रतिपक्षी दलको तर्फबाट उनै लेखकले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा राजीनामा माग्दै नैतिकताको पाठ सिकाएका थिए । त्यसबेला लामिछानेमाथि उनले उठाएको नैतिकताको प्रश्न अब उनीतिरै तेर्सिएको छ । त्यसको भरपूर फाइदा उठाउने मुडमा रास्वपा देखिन्छ ।































प्रतिक्रिया