यामलले बार्सिलोनासँग गरे नयाँ ६ वर्षको सम्झौता

यामलले बार्सिलोनासँग गरे नयाँ ६ वर्षको सम्झौता

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । १७ वर्षीय स्पेनिस विंगर लामिन यामलले बार्सिलोनासँग नयाँ ६ वर्षको सम्झौता गरेका छन्।

यामलको पुरानो सम्झौता २०२५-२६ सिजनको अन्त्यमा सकिँदै थियो, तर नयाँ सम्झौताले उनलाई बार्सिलोनामा २०३१ सम्म राख्नेछ । उनले यस सिजन क्लबलाई घरेलु ट्रेबल (ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप) जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सिलोनाका लागि डेब्यु गरेका यामलले हान्सी फ्लिकको पहिलो सिजनमा ५५ खेलमा १८ गोल र २५ असिस्ट दिएका थिए।

बार्सिलोनाले मंगलबार क्लब अध्यक्ष जोआन लापोर्टा र खेलकुद निर्देशक डेकोको उपस्थितिमा यामलले नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यामलले क्लबका लागि ११५ खेलमा २५ गोल गरिसकेका छन् र ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका छन्। जुलाईमा १८ वर्ष पुग्ने यामल बार्सिलोनाका लागि १०० उपस्थिति पुर्‍याउने सबैभन्दा कान्छो खेलाडी पनि हुन्।

उनले स्पेनका लागि १९ क्याप जितिसकेका छन् र बर्लिनमा इङ्गल्याण्डलाई २-१ ले हराएर युरो २०२४ जित्ने टोलीका सदस्य थिए।

Skip This
Skip This
Logo