कांग्रेसका पूर्वसांसद आलमले पाए सफाइ

कांग्रेसका पूर्वसांसद आलमले पाए सफाइ

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । मजदूरलाई जिउँदै इँटाभट्टामा हालेको आरोप लागेका राजपुर बम बिस्फोटका नाइके नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमले सफाइ पाएका छन् । जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला गरेकामा आज उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

आलममाथि संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम बनाउने क्रममा विस्फोट हुँदा हालको यमुनामाई गाउँपालिकास्थित सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएको र उनीहरूलाई जिउँदै इँटाभट्टामा आरोप छ ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो र जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा जन्मकैदको फैसला सुनाएको थियाे ।

Logo