मेस्सी र सुआरेज चम्किँदा इन्टर मियामीको शानदार जित

मेस्सी र सुआरेज चम्किँदा इन्टर मियामीको शानदार जित

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा मोन्ट्रियललाई ४-२ गोल अन्तरले पराजित गरेको छ।

इन्टर मियामीको जितमा सुपरस्टार खेलाडी लियोनल मेस्सी र लुइस सुआरेजले समान दुई गोल गरे ।

खेलको २७ औं र ८७ औं मिनेटमा मेस्सीले गोल गरेका थिए। यसैगरी, सुआरेजले ६८ औं र ७१ औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई ४-० को अग्रता दिलाएका थिए।

मोन्ट्रियलका लागि डान्टे सिलीले ७४औं मिनेटमा एक गोल फर्काए भने भिक्टर लोटुरीले अतिरिक्त समयमा अर्को गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

Logo