दीपक भट्टद्वारा केन्द्रबिन्दु डटकममा प्रकाशित समाचारकाे खण्डन

दीपक भट्टद्वारा केन्द्रबिन्दु डटकममा प्रकाशित समाचारकाे खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दीपक भट्टले केन्द्रबिन्दु डटकममा छुट्टाछुट्टै समयमा प्रकाशित ‘डिजिटल बैंकको लाइसेन्स लिन गुणाकरलाई गभर्नर बनाउन लागिपरेका दीपक,’ ‘गभर्नर नियुक्तिमा बिचौलिया हाबी, प्रधानमन्त्री ओली र देउवा किन छन् मौन ?’ र ‘कार्यकारी निर्देशकलाई गभर्नर बनाउन नमिल्ने कानून हुँदाहुँदै गुणाकर नियुक्तिमा किन कस्सिए देउवा ?’
शीर्षकका समाचारमा खण्डन गरेका छन् ।

दिपक भट्टको वारेश जस्तोको तस्तैः

उपरोक्त सम्बन्धमा सर्वाधिकार केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि ले केन्द्रविन्दु नामक अनलाइन मिडिया मार्फत मिति २०८१/०१/२०, २०८१/०१/१८ र मिति २०८२/०१/१७ गते “डिजिटल बैंकको लाइसेन्स लिन गुणाकरलाई गभर्नर बनाउन लागिपरेका दीपक !, गभर्नर नियुक्तिमा बिचौलिया हाबी, प्रधानमन्त्री ओली र देउवा किन छन् मौन? र …….. शीर्षकको समाचारमा म दिपक भट्टको नाम जोडी भ्रामकपूर्ण झुट्टा समाचार प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा विभिन्न व्यक्तित्व, पद तथा नियुक्तिका सम्बन्धमा म दिपक भट्टको नाम जोडेर प्रकाशन गरिएको समाचार आधार प्रमाण विहिन भ्रामिक तथा झुट्टा रहेकाले उक्त भ्रामक समाचारहरु फेसबुक लगायतका सामाजिक सञ्जालबाट यथाशिघ्र हटाउनुहुनका लागि अनुरोध गर्दछु ।

अतः मिति २०८१/०१/२०, २०८१/०१/१८ र मिति २०८२/०१/१७ मा प्रकाशित भ्रामक समाचार फेसबुक लगायतका सामाजिक सञ्जालबाट हटाईदिनु हुन सादर अनुरोध गर्दछु ।

Skip This
Skip This
Logo