आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भयाेः अध्यक्ष कार्की

आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भयाेः अध्यक्ष कार्की

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)का अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरु समयमा नसकिने अवस्था रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । “ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्य हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरु लाइसेन्स लिएको बसेको अवस्था रहेको छ,” उनले भने ।

५६०० मेगावाट आयोजनाहरु लाइसेन्स बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजनाहरु रन अफ रिभरमा रहेको उनले बताए । “चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ,” उनले भने ।

Logo