काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी शनिवार दिउँसो मेलम्ची खोलामा फसेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्री अधिकारी सवार गाडी फसेको हो । खोलामा फसेको गाडीलाई केहीबेरमा निकालिएको प्रहरीले जनाएको छ ।
मन्त्री अधिकारी सकुशल रहेको र घटनामा कुनै क्षति नभएको बताइएको छ।































प्रतिक्रिया