वरिष्ठ संगीतकार तथा गायक रसिकको निधन

वरिष्ठ संगीतकार तथा गायक रसिकको निधन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । ५ वर्षदेखि क्यान्सरबाट पीडित रहेका ७७ वर्षीय रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो निधन भएको हो ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन्  ।

उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् ।

उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा रहेर जिम्मेवारी समेत निर्वाह गरिसकेका थिए ।

Skip This
Skip This
Logo