काठमाडौं उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

काठमाडौं उपत्यकामा आज बिहानैदेखि यातायात ठप्प, यात्रुहरुको बिचल्ली

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यकामा यातायात ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर देशभर सेवा बन्द गरेका हुन् । यसको प्रत्यक्ष असर यात्रुहरुमा पर्न गएको छ । गन्तव्यमा पुग्नका लागि निस्किएका उनीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजजुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सक्रिय छन् ।

Skip This
Skip This
Logo