काभ्रेमा कोरोना संक्रमितको संख्या २ हजार ७६१ पुग्यो, मृत्यु हुने कति ?

काभ्रेमा कोरोना संक्रमितको संख्या २ हजार ७६१ पुग्यो, मृत्यु हुने कति ?

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आजसम्म २ हजार ७६१ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या जिल्लाभित्रै रहेका र जिल्ला बाहिरका समेत हो ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मंगलबार मात्र संक्रमण पुष्टि भएको संख्या भने ३५ रहेको छ भने अध्यावधि गरेको संख्या भने ३ सय ५ रहेको छ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १ पुरुष, बनेपा नगरपालिकाका ६ महिला र ५ पुरुष, पनौती नगरपालिकाका ५ महिला र ६ पुरुष, पाँचखाल नगरपालिकाका २ महिला र २ पुरुष, खानीखोला गाउँपालिकामा १ पुरुष रहेका छन् ।

त्यसैगरि विभिन्न मितिमा काभ्रे भन्दा बाहिरका प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको संक्रमितहरुमा बनेपाका ४४ महिला, ६२ पुरुष, धुलिखेलका १३ महिला, २० पुरुष, पनौतीका १३ महिला, ३२ पुरुष, पाँचखालका ६ महिला, १७ पुरुष, नमोबुद्ध नगरपालिकाका ३ महिला, १५ पुरुष, मण्डनदेउपुरका ३ महिला, १८ पुरुष, भम्लुका ६ महिला, ११ पुरुष, रोशीका २ महिला, ५ पुरुष, बेथानचोकका २ महिला, ६ पुरुष, तेमालका ५ महिला, १० पुरुष, खानीखोलाका १ पुरुष, चौंरीदेउरालीका १ महिला, ८ पुरुष रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २७ सय ६१ पुगेको छ । जसमा महिला १ हजार ९६ जना र पुरुष १६ सय ६५ जना रहेका छन् । निको हुनेको संख्या २३ सय ५० रहेका छन् । जसमा महिला ९ सय ७ जना र पुरुष १४ सय ४३ जना रहेका छन् ।

काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ७५ जना रहेका छन् । जसमा महिला १ सय ६४ जना र पुरुष २ सय ११ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्ये १४ जना अस्पतालको आइसोलेशनमा र ३ सय ६१ जना होम आइसोलेशनमा रहेका छन् ।

काभ्रे जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ भने जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् । मंगलबार शिरमेमोरियल अस्पतालमा बनेपाका ७७ वर्षिय पुरुषको मृत्यु भएको डा. झाले जानकारी दिए ।

Skip This
Skip This
Logo