काठमाडौं
गत जेठ देखि अवरुद्ध रहँदै आएको मलेसियामा नेपाली कामदार आपूर्ति प्रक्रिया कात्तिक १२ गते देखि सुचारु हुने भएको छ । यसका लागि मलेसिया र नेपाल सरकारबीच आगामी कार्तिक १२ गते श्रम संझौता हुने तय भएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री एम कुलसागरन कार्तिक ११ गते नेपाल आउने निश्चित भएको छ । कुलसागरन र नेपालका श्रम रोजागार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टबीच कार्तिक १२ गते हस्तारक्षर हुने कार्यक्रम तय भएको छ ।
हस्तक्षर भएसंगै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । ‘मलेसियाका मानव संसाधन मन्त्री यमओयूका नेपाल आउने निश्चित भइसकेको छ,’ मन्त्रालयका सचिब महेशकुमार दाहालले भने, ‘हस्ताक्षर संगै श्रमिक आपूर्तिका अवरोध हटनेछ र सोही संझौताका प्रावधान अनुसार प्रक्रिया सुरु हुनेछ ।’
यही आसोज १२ गते नेपाली कामदारले रोजगारीका लागि मलेसिया जान लाग्ने भिषा सम्बन्धी सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी मस्यौदा पत्रमा सहमति जुटेको थियो । यो सहमतिसंगै कामदारले मलेसिया जान खर्चदै आएको करिब १ लाख रुपैयाँ जोगिनेछ ।
नागरिकबाट





























प्रतिक्रिया