सज्जुको ‘सबैलाई छोडेर’मा प्रियंका र बिन्दे [भिडियाे]

सज्जुको ‘सबैलाई छोडेर’मा प्रियंका र बिन्दे [भिडियाे]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गायक सज्जु मानन्धरको स्वर रहेको ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । जसमा नायिका प्रियंका कार्की र बिन्दे महर्जनको अभिनय रहेको छ ।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहाेर्‍याइएको छ । भिडियोमा एक प्रेमील रोमान्टिक जोडीको सफल प्रेम कथालाई निर्देशक कृष्णदेव रुपाखेतीले देखाएका छन् । जहाँ प्रियंका र बिन्दे गज्जबसँग खुलेका छन् ।

२०५५ सालदेखि गायनमा सक्रिय सज्जुले आफ्नो पहिलो गीतलाई नयाँ रूप र सोचसहित पुनः निकालेको बताए । गायक सज्जुले राम्रो गीत अझ परिष्कृत गरेर प्रस्तुत गरेको हुनाले आफूले ठुलो अपेक्षा राखेको बताए । दुई दशकअघि निकालिएको रागिनि वन एल्बमको पहिलो गीतका रूपमा ‘सबैलाई छोडेर’ रहेको थियो ।

भिडियोलाई पहिलो गीतको निर्देशन गरेका निर्देशक कृष्णदेव रुपाखेतीले नै रिमेक गीतको पनि निर्देशक गरेका हुन् । सो गीतमा डा राजु मानन्धरको शब्द र जुगल डङ्गोलको सङ्गीत रहेको छ ।

Logo