काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेदरल्यान्ड्सविरुद्ध नेपालले उत्कृष्ट प्रर्दशनको सुरुवाती गरेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सविरुद्ध पहिलो पावर प्लेमा नेपालले ४० रन खचिँदै २ विकेट लिएको हो । नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराए ।
त्यस्तै, करण केसीले ४.५ ओभरमा म्याक्स ओ डुडलाई बोल्ड आउट गरे ।































प्रतिक्रिया