नेपाल र हङकङबीचको रोमाञ्चक मैत्रीपूर्ण फुटबल गोलरहित बराबरी

नेपाल र हङकङबीचको रोमाञ्चक मैत्रीपूर्ण फुटबल गोलरहित बराबरी

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । नेपाल र हङकङबीच हङकङको सो कोन पोस्थित हङकङ रङ्गशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ। हिजो बेलुका (विहिबार)भएको यो खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा अङ्क बाँडिएको हो। यो खेल नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो।

यसअघि सन् १९८८ मा काठमाडौँको दशरथ रङ्गशालामा भएको खेल पनि बराबरीमै सकिएको थियो। लामो समयपछि भएको यो भेटमा दुवै टोलीले आक्रामक र रक्षात्मक खेल प्रदर्शन गरे, तर गोलको खडेरी तोड्न सकेनन्।

यो मैत्रीपूर्ण खेल २०२७ एएफसी एशिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आयोजना गरिएको थियो। हङकङले आगामी मङ्गलवार भारतविरुद्ध खेल्दैछ भने नेपालले सोही दिन लाओससँग प्रतिस्पर्धा गर्नेछ। छनोटको पहिलो खेलमा हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो भने नेपाल मलेशियासँग २–० ले पराजित भएको थियो।

फिफा वरीयतामा हङकङ १५३औँ स्थानमा छ, जुन नेपालभन्दा २२ स्थान माथि हो। नेपाल १७५औँ स्थानमा रहेको छ। यद्यपि, खेलमा नेपालले हङकङलाई कडा टक्कर दिँदै आफ्नो सम्भावना प्रदर्शन गरेको छ।

Logo