काठमाडौं

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते ) बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । "/>

श्रीपेच प्रदर्शनमा राखिदै : आगामी सोमबार देखि सर्वसाधारणले हेर्न पाउने

श्रीपेच प्रदर्शनमा राखिदै : आगामी सोमबार देखि सर्वसाधारणले हेर्न पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते ) बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, “सोमबारबाट सबैको प्रतीक्षा सकिंदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट ( टायरा ), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ ।

दाहालका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गर्नु हुनेछ । केही महिना अघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोज भित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझाव सहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

केही वर्ष अघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो ।

काठमाडौँका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा आफूले लिएको दावी गर्दै आउनु भएको छ । उहाँका अनुसार तत्कालीन राजा वीरेन्द्रको टाउकोको आकार २२ इन्चको थियो । राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो । अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिन बाहेक छोरी प्रेरणाको बिबाहमा पहिरिनु भएको थियो ।
गोरखापत्रबाट

Logo