डेभिड बेकह्यामले बेलायतकै सर्वोच्च सम्मान पाउँदै

डेभिड बेकह्यामले बेलायतकै सर्वोच्च सम्मान पाउँदै

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । इंग्ल्यान्डका पूर्वफुटबल स्टार तथा विश्वचर्चित खेलाडी डेभिड बेकह्यामले बेलायतको सर्वोच्च सम्मान ‘नाइटहुड’ (सर उपाधि) प्राप्त गर्ने भएका छन् ।

बेलायतका राजा चाल्र्सको ७७औं जन्मदिनको अवसरमा यो सम्मान दिन लागिएको हो । सन् २००३ मै ब्रिटि सरकारबाट ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (ओबीई) को उपाधि प्राप्त गरिसकेका बेकह्यामले यो उपाधि फुटबल र सामाजिक कार्यमा पुर्याएको असाधारण योगदानको कदर स्वरुप दिइएको हो ।

यो उपाधि सामान्यतया बेलायती समाज, संस्कृति, खेलकुद, कला, विज्ञान, परोपकार, वा अन्य क्षेत्रमा असाधारण योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिदै आएको छ । यो सम्मान प्राप्त गर्ने पुरुषलाई ‘सर’ र महिलालाई ‘डेम’ को उपाधि दिइन्छ ।

‘नाइटहुड’ प्राप्त गर्नका लागि कुनै पनि व्यक्तिले खेलकुद, कला, विज्ञान, परोपकार, शिक्षा वा सामाजिक सेवालगायत क्षेत्रमा असाधारण योगदान पु¥याएको हुनुपर्छ । यो सम्मान सामान्यतया बेलायती नागरिकलाई दिइन्छ, तर विदेशी नागरिकलाई पनि ‘अनररी नाइटहुड’ प्रदान गर्न सकिन्छ । उदाहरणका लागि, भारतका रतन टाटालाई सन् २०१४ मा ‘अनररी नाइट कमाण्डर’ प्रदान गरिएको थियो ।

डेभिड बेकह्यामले फुटबल र सामाजिक कार्यमा गरेको योगदान विश्वमै चर्चित छ । उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि ११५ खेल खेल्नुका साथैं कप्तानी समेत गरेका थिए । म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट जर्मेन र एसी मिलान जस्ता विश्वप्रसिद्ध क्लबहरूमा आफ्नो प्रभावशाली छाप छाड्न सफल बेकह्याम फ्री–किक र सटिक गोलका प्रहार गर्नका लागि विश्वमै प्रसिद्ध छन् । उनलाई प्रिमियर लिग इतिहासकै उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छ ।

फुटबल भित्र मात्र नभएर बेकह्यामले फुटबल बाहिर पनि सामाजिक कार्यमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । सन् २००५ देखि युनिसेफको सद्भावना दूत बनेका उनले बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका लागि काम गरेका छन् ।

यसैगरी सन् २०१२ को लन्डन ओलम्पिकलाई बेलायतमा ल्याउन उनले उल्लेखनीय योगदान दिएका थिए । यति मात्र होइन उनको व्यक्तिगत जीवन पनि प्रेरणादायी रहेको छ । सन् १९९९ मा गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामसँग विवाह गरेका उनको चार सन्तान छन् । विश्वफुटबलमा ह्यान्डसम म्यानको उपाधि पाएका बेकह्यामलाई सन् २०१५ मा विश्वकै सर्वाधिक सेक्सी पुरुषका रुपमा सम्मान गरिएको थियो।

Skip This
Skip This
Logo