सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ -मुख्यमन्त्री लामा

सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ -मुख्यमन्त्री लामा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन् ।

देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरुले सीप सिक्न आवश्यक रहेको पनि बताए ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको दोस्रो संकरणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए । उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए ।

अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे । नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्राथामिकता दिए राम्रो हुने उनले बताए ।

Skip This
Skip This
Logo